धरान:इलाका प्रहरी कार्यालय धरानले ब्राउन सुगर किनबेच गरिरहेको अवस्थामा दुई व्यक्तिलाई धरानबाट पक्राउ गरेको छ ।
आज बिहीबार दिउँसो करिब एक बजे धरान ८, सभागृह मार्गको वरपिपल चोकबाट प्रहरीले वडा ८ कै ३५ बर्षीय सन्तोष राई र धरान २ ३६ बर्षीय गोपाल अग्रवाललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार दुवै जनाले खैरो हेरोइन(ब्राउन सुगर) किनबेच गरिरहेको अवस्थामा समातिएको जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार त्यसबेला राईले अग्रवाललाई ब्राउन सुगर बिक्री गरिरहेका थिए ।
वरपिपल चोकमा लागुऔषध खरीद बिक्री भई रहेको सुचनाको आधारमा सादा पोशाकमा प्रहरी खटाएर उनीहरुलाई पक्राउ गरिएको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनीहरुको साथबाट खैरो हिरोइन ५०० मिलिग्राम पनि वरामद भएको डिएसपीले जनाए । साथै, पक्राउ गरी लागु औष मुद्दामा अनुसन्धन भई रहेको पनि प्रहरीले जनाएको छ ।
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































