उदयपुर: उदयपुरको चौददण्डीगढी नगरपालिका ३ स्थित कालीखोलाबाट लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले खोलाको किनारमा शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरीले बेलाका नगरपालिका ४ गुरुङचौरीका ३३ बर्षीय राजु कार्की, ३२ बर्षीय राजु राई, ३३ बर्षीय अर्जुन राई, २५ बर्षीय नबिन राईलाई पक्राउ गरेको हो ।
यसैगरी, चौडण्डीगढी नगरपालिका ३ बसाहाका ३० बर्षीय मीन बहादुर मगर र सप्तरी सप्तकोशी नगरपालिका १ का ३६ बर्षीय मनोज मगरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट लागुऔषध लुप्रिजेसिक ८ एम्पुल, फेनारगन ८ एम्पुल र डाईजोल्याब ८ एम्पुल पनि वरामद गरेको जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।