धरान : सम्राट सापकोटाको निर्देशनमा बनेको चलचित्र ‘कप्स’ चैत्र ८ गते बाट प्रदर्शनमा आउने भएको छ ।

चलचित्रमा अनुप विक्रम शाही, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री , पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु बिक्रम थापा, अनुपमा भण्डारी, रोशन सुबेदी लगायतले अभिनय गरेका छन्, भने चलचित्र प्रस्तुतकर्तामा राम शाक्य रहेको छ । आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को निर्माणमा बनेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, अष्ट महर्जनको द्न्द्ध, कविराज गहतराज र शिशिर खातीको नृत्य, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत रहेका छन ।

cops-1

वितरकको जिम्मा भने उपत्यका भित्र गोपाल काजि कायस्त र उपत्यका बाहिर मनोज राठी र बिक्रम पराजुलीले लिएका छन् । चलचित्र को एउटा गित भने युरोपको साइप्रसमा छायांकन गरिएको छ ।