इटहरी : इटहरी उपमहानगरपालिकाले जाडोको अवसर पारेर न्यायो कपडा वितरण गरेको छ ।

इटहरी वडा नम्बर ८ का अतिविपन्न सदा, ऋषिदेव समूदायका मानिसहरुलाई एक सय थान कम्बल इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र वडा नम्बर ८ का वडाध्यक्ष रोहित चौधरीले वितरण गरेका हुन् । तराईमा आज विहानदेखि बाक्लो हुस्से लागेर बढेसँगै कम्बल वितरण गरिएको हो ।
अति विपन्न वर्गका समूदायलाई जाडोबाट बच्न न्यायो कम्वल वितरण गरिएको वडाध्यक्ष चौधरीले जानकारी दिए । इटहरी उपमहानगरले यसअघि पनि वडा नम्वर ७, १ र १७ मा २ सय २० थान कम्बल वितरण गरि सकिएको इटहरी उपमहानगर वातावरण शाखा प्रमुख पुष्प चौधरीले बताए ।