इनरुवा : सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकामा इनरुवा जेसिजले ३५ औ पदस्थापन तथा पुरस्कार वितरण समारोह गर्दै २०१९ का अध्यक्ष जितेन्द्र यादवलाई पदभार ग्रहण गराएको छ ।

सोमवार इनरुवामा आयोजित कार्यक्रममा जेसिज वर्ष २०१९ का लागी अध्यक्ष जितेन्द्र यादव, कार्यकारी उपाध्यक्षहरु चन्दन यादव, दिपेश भट्टराई, महासचिव मनोज निरौला, कोषाध्यक्ष संयम कोइरालाको पदस्थापन गरिएको हो ।

यसै गरि कानुनी सल्लाहकार पुष्पा निरौला, सहसचिव सतिष साह, उपाध्यक्षहरु राजिव मेहता, मुन्ना गुप्ता, जिवन साह, कञ्चन कोइराला बराल रहेका छन ।

कार्यक्रममा प्रदेशसभा नेपाली काग्रेस सुनसरीका सभापती राजिव कोइराला, सासंद सिताराम मेहता, प्रदेश सासंद ज्योती सुब्बा, इनरुवा नगरपालिकाका मेयर राजन मेहता, उपमेयर जमुना गौतम पोखरेल, इनरुवा जेसिजका पुर्व अध्यक्षहरु लगायतका अतिथिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम जेसिज वर्ष २०१८ का अध्यक्ष कुन्दन मेहताको अध्यक्षतामा भएको थियो ।