सुनसरी: इटहरीका बालगायक प्रितम आर्चाय भारतको जिटिभीवाट प्रशारण भइरहेको चर्चित रियालिटी सो सारेगमप लिटिल च्याम्प्सको टप १५ मा पुग्न सफल भएका छन् ।

टप ३० बाट उनी छनौट हुदै टप १५ मा पुग्न सफल भएका हुन् । साढे सात लाख प्रतिस्पर्धीलाई उछिन्दै टप १५ मा पुग्नु इटहरीका लागि मात्र नभै, देशकै गौरवको कुरा भएको इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले बताए । संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले पनि प्रितममा धेरै सम्भावना भएकोले अझै माथि पुगेर इटहरी र देशको नाम राख्ने बताए ।

कठिन चरणहरु पार गर्दै प्रितम टप १५ मा पुग्न सफल भएका हुन् । अब प्रत्येक चरणमा कार्यक्रमबाट एक एक जना बाहिरिदै घर फर्किनेछन् । टप ३० मा पुगेपछि इटहरी आएको बेला उनलाई भव्य स्वागत गरिएको थियो ।