धरान : एपी एजुकेसन अस्ट्रेलियाको प्रस्तुति तथा वल्र्ड फ्लिम्स ईनवाईड एसोसियसन विथ औस सिनेमाको निर्माणमा बनेको चलचित्र ‘कागजपत्र’को ओएसटी ‘माया संसार’ बोलको गीत सार्वजनिक गरिएको छ ।

उक्त गीतमा चलचित्रको कथा वस्तुलाई पस्कने कोशिस गरिएको छ । शब्द, संगीत र स्वर हर्कुलस बस्नेतको रहेको छ भने गीतमा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोला राज सापकोटाको मुख्य अभिनय रहेको छ । यी कलाकारहरुको चलचित्रमा मुख्य भूमिका छन् । खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटी निर्माता रहेको चलचित्रलाई अपिल बिष्टले लेखन तथा निर्देशनमा तयार बनाएका हुन् । चलचित्रमा कास्मिर किक्सनको छायांकन तथा निमेष श्रेष्ठको समपादन रहेको छ ।
चलचित्र चैत्र ८ गतेबाट देशभर एकसाथ रीलिज हुदैँछ ।