मोरङ: मोरङको विराटनगर महानगरपालिका १५ बाबा सिनेमा हल नजिकबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ ६ बजे सुनसरी धरान उपमहानगरपालिका ३ का २३ बर्षीय प्रज्वल ताम्राकारलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनको साथबाट एभिल १५, एम्पुल, डाईजोल्याब १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल र फेनारगन ४ एम्पुल बरामद भएको छ । बरामद लागूऔषध सहित ताम्रकारलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।