धरानःविवाहित महिला तथा गृहणीहरुको लागि वुमन वर्थ गु्रपको आयोजनामा हुन लागेको मिसेस स्टेट १ दोस्रो सिजनमा छनौट भएकाहरुको अविभावक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम वुधवार सम्पन्न भएको छ ।

धरान १३ स्थित टिम्वरल्याण्ड रेष्टुरेन्टको हलमा आयोजित कार्यक्रममा छनौट भएका प्रतिश्पर्धि र अविभावकहरुकोको उपस्थिती रहेको थियो । विशेष गरि सहभागि तथा उनिहरुको अविभावकहरुलाई कार्यक्रमको विषयमा जानकारी गराउन तथा उनिहरु संग अन्तरक्रिया गर्नको लागि अविभावक भेटघाट कार्यक्रमको आयोजना गरिएको वुमन वर्थ ग्रपका अध्यक्ष सुजाता श्रेष्ठले जानकारी गराइन् ।

भेटघाट कार्यक्रममा सहभागि तथा अविभावकहरुको जिज्ञासा वारे आयोजकले प्रष्ट पारेका थिए । सहभागिहरुलाई स्वागत गर्दै अडिसन वाट छनौट भएकाहरुको प्रशिक्षण आजको दिन वाट अन्तरक्रिया कार्यृक्रम मार्फत सुरु भइसकेको वुमन वर्थ गु्रपका उपाध्यक्ष उमा ताम्रकारले जनाइन । सहभागिहरुलाई कार्यक्रम तालिका र प्रशिक्षण विषयको वारेमा वुमन वर्थ गु्रपका कोषध्यक्ष रोजि ताम्रकारले जानकारी गराइन । छनौट भएका सहभागि प्रतिश्पर्धिहरुलाई माघ २८ गते देखि वन्द प्रशिक्षणमा राखिने अयोजक वुमन वर्थ गु्रपले जनाए ।

विवाहित तथा गृहणी महिलाहरुमा भएको क्षमता अभिवृद्धि, पहिचान र अवसर प्रदान गर्नको लागि अयोजित मिसेस स्टेट १ दोस्रो सिजनमा वन्द प्रशिक्षणको क्रममा महिला शसक्तिकरण तथा महिला अधिकार कक्षा, उद्घोषकला तालिम, प्रभावकारी भाषण कला तालिम, व्यक्तित्व विकास तालिम, महिला स्वस्थ्य, समस्या र समाधान कक्षा, पर्यटन पर्वद्धन कक्षा, टेवल शिष्टाचार, स्टेज कभर र प्रस्तुति तालिम, सौन्दर्य कला तालिम, नृत्यकला तालिम, सकरात्मक सोच अभिर्वद्धि तालिम लगायत विषयमा सम्वन्धीत जानकार तथा विज्ञहरु वाट करिव तिन हप्ता प्रशिक्षण दिइनेछ ।

विजेताले नगद एक लाख रुपैया, क्राउन, ट्रफि, गिफ्ट ह्याम्पर, फस्ट रनरअपले नगद पचास हजार रुपैया र सेकेन्ड रनरअपले नगद २५ हजार रुपैया, क्राउन, ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । त्यस्तै गरि मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, वेस्ट डे्रस, भ्युवर्स च्वइस अवार्ड र मिसेस एक्टिभ व्यक्तिगत टाइटल विजेताले पनि ट्रफि र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ
सहभागि प्रतिश्पर्धिहरुलाई र्याम वक मोडल एजेन्सिका प्रोपराइटर डिजे ललित राईले कोरियोग्राफि गर्नेछन ।

भेटघाट कार्यक्रममा वुमन वर्थ गु्रपका पव्लिक रिलेसन संयोजक ज्योति राई, सचिव छाया श्रेष्ठ, कार्यक्रम संयोजक निश्चल पलिखे, धरान आर्दशका प्लस टु संयोजक दुर्गा सुवेदि लगायतको उपस्थिती रहेको थियो । वन्द प्रशिक्षण धरान फिटनेस क्लवको शाखा कार्यलय अमान वजारमा तिन हप्ता सम्म चल्नेछ । ग्राण्ड फिनाले फागुन २४ गते महिला दिवसको दिन धरान ८ स्थित सभागृहमा हुनेछ ।