काठमाण्डौ : सुपरस्टार अनमोल केसीको क्रेज पुनः एकपटक प्रमाणित भएको छ । ‘कृ’ रिलिजपछि स्टारडम कमजोर भएको चर्चालाई उनले गलत साबित गरेका छन । यसअघि नेपाली फिल्मका ट्रेलरले बनाएका सबै रेकर्ड ध्वस्त पार्दै उनी अभिनीत यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘क्याप्टेन’ ट्रेलरले युट्युबमा किर्तिमानी रेकर्ड बनाएको छ ।

‘क्याप्टेन’ को ट्रेलरलाई १७ लाख ८० हजार भन्दा बढीले हेरिसकेका छन् ।
‘क्याप्टेन’ ट्रेलरप्रति हजारौं कमेन्ट सकारात्मक आएका छन् । ट्रेलरलाई युट्युबमा ६० हजार बढीले लाइक्स गरेका छन् । ऐश्वर्यु फेम्ड निर्देशक दीवाकर भट्टराई निर्देशित यस फिल्मले अहिलेसम्मकै सर्वाधिक ओपनिङ कलेक्सनमा रेकर्ड राख्ने अनुमान फिल्म पण्डितहरुको छ । फिल्म फागुन १७ मा रिलिज हुँदैछ ।

फिल्मको ट्रेलरमा खेलाडीमा देशप्रेमको भावना जगाउन भारतसँगको नाकाबन्दी र सीमा द्वन्द्वको विषय उठाइएको छ । फुटबलमा देशलाई गोल्ड मेडल जिताउने अठोट बोकेको एक युवकको जीवनमा आउने अनेकौं उचारचढावमा फिल्म आधारित रहेको ट्रेलरले भन्छ । ट्रेलर हेर्ने सबैले अनमोलको रोमान्टिक र खेलाडी अवतारलाई खुब रुचाएका छन् ।

Ruslan Ad

फस्टलुक पोस्टरमा देखिएको अनमोलको खेलाडी लुक्स र हालसालै सावैजनिक भएको ुरहर छ सँगैु बोलको रोमान्टिक गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गरिसकेको अवस्थामा सार्वजनिक ट्रेलरले ‘क्याप्टेन’ प्रति दर्शकमा कौतुहलता र उत्सुकता बढाएको छ ।  अनमोलका फिल्ममा कन्टेन्ट हुँदैनन् भन्ने आरोपबाट यो फिल्म मुक्त हुने संकेत पनि ट्रेलरले देखाएको छ ।

यस फिल्ममा अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग अनमोलको जोडी बाँधिएको छ । सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मका निर्माता भुवन केसी हुन् । यसमा पटकथा सामिप्यराज तिमल्सिनाको हो ।

 

https://www.youtube.com/watch?v=9gx7SLAP918&t=23s