इटहरी : तरहरामा रहेको पूर्वाञ्चल बोर्डिङ स्कूलले सोमबार वर्षभरि विद्यालयले गरेका अतिरिक्त क्रियाकलाप मध्येबाट उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि उक्त पुरस्कार वितरण गरेको हो ।

dance

गत सालको एसईईमा उत्कृष्ठ हुने करीब ६० जना विद्यार्थीहरुलाई सम्मान एवम् पुरस्कार वितरण गरिएको थियो । त्यस्तै, नृत्य र गायन प्रतियोगिताको आयोजना गरिएको थियो । गायनमा सिनियरतर्फ, डिना राई, प्रतिक ढकाल र शोभा श्रेष्ठ क्रमश प्रथम, द्धितीय र तृतीय भए भने जुनिएरतर्फ, इशान खत्री उत्कृष्ठ भए । त्यस्तै, नृत्यमा सिनिएरतर्फ युनिषा भट्टराई, जानकी बस्नेत र लाक्पा शेर्पा क्रमश प्रथम, द्धितीय र तृतीय भए भने जुनिएरतर्फ कन्चन बानियाँ, सायाबुङ राई र निरुता कटवाल क्रमश प्रथम, द्धितीय र तृतीय भए । उनीहरुलाई प्रोत्साहन गर्नका लागि पुरस्कार वितरण गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक उत्तम पौडेलले बताए ।

उनका अनुसार यहाँ प्रतिभा प्रष्फुटन गरि अन्य ठाउँमा पनि विद्यार्थीहरुले प्रतिभा देखाउनका लागि प्रोत्साहन गर्नका लागि कार्यक्रमको आयोजना गरिएको हो । साथै खेलकुद सप्ताहको पुरस्कार पनि वितरण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोलाकाजी बस्नेतले बताए ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका शिक्षा विभाग प्रमुख भुपेन्द्र कोइरालाले विद्यालयले अभिभावकलाई उत्साहित गर्ने खालको कार्यक्रम ल्याउन सुझाव दिए । विद्यालयले व्यवहारिक शिक्षाका लागि जोड दिनु आवश्यक छ, उनले भने, २ प्रतिशत मानिसले पढेर खाएका छन् भने ९८ प्रतिशत मानिसले गरेर खाएका छन् । उनले विद्यार्थीको जुन क्षेत्रमा लगाव छ त्यसैमा उत्साहित गरेर लैजानका लागि सुझाव दिएका थिए । कार्यक्रममा तरहरा एरिया ए स्कूलका संयोजक रमेश कार्कीले शुभकामना दिदैँ तरहराका विद्यालयहरुबीच एकआपसमा सहकार्य हुनुपर्ने र विद्यार्थीको भावनालाई बुझि अतिरिक्त क्रियाकलाप गराउनुपर्ने उनले जोड दिए । कार्यक्रम विद्यालयका प्रिन्सिपल सौधन राईले आगामी दिनमा पनि विद्यार्थीको क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न कार्यक्रमको आयोजना गरिने बताए ।