धरान: कक्षा–९ की नाम्साम्मा लिम्बू सियोन आइडल सिजन–४ की विजेता बनेकी छन् ।

धरान–१६ स्थित सियोन स्कुलले आयोजना गदै आएको सियोन आइडल गायन प्रतियोगितामा लिम्बू विजेता हुदै नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेकी छन् । त्यसैगरी, एउटा गीत रेकर्डको अवसर र भिडियोसमेत अवसर पाएको कार्यक्रम संयोजक मौषम मगरले जानकारी दिए ।

कक्षा–८ का आयूब राई फष्ट रनरअप हुँदा कक्षा–८ कै अमन राई सेकेन्ड रनर अप घोषित भए । प्रतियोगिताको निर्णायकहरुमा नवगायक विशाल राई, दिनेश दर्नाल र एल्कन मगर रहेका थिए । विजेताहरुलाई नगद तथा ट्रफी विद्यालयका निर्देशक खड्ग बहादुर थापामगरले प्रदान गरेका थिए ।