धरान: गायक संजीव खरेललाई सानैदेखि गीत, संगीतमा रुची थियो । उनले औपचारिक संगीत अध्ययन गर्न पाएनन् । तर, स्कुल र कलेजका कार्यक्रममा आफ्नो प्रस्तुति दिएर संगीतको तिर्खा मेट्ने प्रयास भने गर्थे ।

सन् २००९ मा उच्च शिक्षाका लागि अस्ट्रेलिया पुगेका गायक खरेलले युट्युबमा रमाउन थाले । प्रविधिको उपयोग गर्दै उनले गीत सुन्दै, सिक्दै गर्न थाले । आफ्नो गीत,संगीतप्रतिको तीब्र चाहनालाई उनले यसरी नै अघि बढाउने क्रममा 'तिम्रो मायामा' नामको पहिलो गीत सार्वजनिक गरिसकेका छन् ।

badal
अहिले फेरी २ बर्षपछि उनले नयाँ गीत वादल लिएर आउने तर्खरमा छन् । यो गीतमा उनको एकल स्वर, शब्द र संगीत रहेको छ । गीतको एजेञ्ज भने गोपाल रसाइलीले गरेका छन् । गीतको भिडयो बुद्ध लामाले खिचेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा श्रेया कार्की र अनुराग ठकुरीको अभिनय रहेको छ । गीतको भिडियोलाई अन्नपूर्ण फिल्म्सको टिमले निर्देशन गरेको गायक खरेलले जानकारी दिए । यो गीतको भिडियो मार्च १ तारिख गायक खरेलको अफिसिएल युटुब च्यानल मार्फत रिलिज हुनेछ ।