काठमाडौं : सम्राट शाक्यको निर्देशनमा बन्न लागेको फिल्म ‘यात्रा’ को गीत ‘पन्च पन्छी’ सार्वजनिक भएको छ ।

गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत, मेलिना राई, धर्मेन्द्र सेवान, प्रेक्षा बज्राचार्य र उपकार पौडेलको स्वर रहेको छ ।

गीतको भिडियोमा नायक सलिनमान बनियाँ, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटुवाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

आगामी चैत्रको २९ गतेबाट रिलीज हुने फिल्ममा हिमाल केसीको एक्सन, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, संजय लामाको छायांकन रहेको छ ।