धरान: विवाहित तथा गृहणी महिलाहरुलाई लक्षित गरी वुमन वर्थ गु्रपको आयोजनामा हुन लागेको मिसेस स्टेट १ दोस्रो सिजनका सहभागीहरुलाई मंगलवार सकरात्मक सोच अभिवृद्धि तथा विकासको विषयमा प्रशिक्षण दिइएको छ ।

उनीहरुलाई कृति टेलिभिजनका स्टेसन म्यानेजर मोहन श्रेष्ठले प्रशिक्षण दिएका थिए । माघ २६ गते देखि अभिभावक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पछि सहभागीहरुलाई बन्द प्रशिक्षण सुरु गरिएको वुमन वर्थ गु्रपका अध्यक्ष सुजाता श्रेष्ठले बताइन् । सहभागीहरुको क्षमता विकासका लागि सम्बन्धित विषयका विज्ञ तथा जानकारहरुबाट विभिन्न बिषयमा प्रशिक्षण गराइने आयोजकले जनाएको छ ।

51749994_620672148384553_21

सहभागीहरुलाई नयाँ संविधानमा महिला अधिकार, महिला सशक्तिकरण तथा लैंगिक समानता, महिला उद्यमशिलता, महिला न्यायिक अधिकार, सकरात्मक सोचाइ अभिवृद्धि तालिम, महिला स्वास्थ्य समस्या तथा समाधान सचेतता तालिम, उद्घोष तथा भाषणकला तालिमलगात विभिन्न बिषयमा प्रशिक्षण दिने आयोजकले जनाएको छ । मिसेस स्टेट १ सिजन टुका विजेता, फस्ट रनर अप र सेकेन्ड रनरअपलाई क्रमशः नगद एक लाख, ५० हजार, २५ हजारसहित क्राउन, ट्रफी र गिप्mट ह्याम्पर दिइने गु्रपकी कोषध्यक्ष रोजी ताम्रकारले बताइन् ।

यसैगरी, मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन र मिसेस एक्टिभ टाइटल अवार्ड पनि प्रदान गरिनेछ । कार्यक्रमको ग्रान्ड फिनाले फागुन २४ गते महिला दिवसको दिन धरान ८ स्थित धरान सभागृहमा हुनेछ ।