धरान : संगीत क्षेत्रमा प्रवेश गरेको ५० औं वार्षिक उत्सवको अवसरमा वरिष्ठ गायक दीप श्रेष्ठको सम्मानमा धरानवासीहरुले पदयात्रा गरेका छन् ।
नेपाल क्लब हङकङ र सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा आज साँझ हुने अभिनन्दनका लागि गृहनगर धरान आईपुगेका गायक श्रेष्ठ र उनी श्रीमती गायिका सोफिया गुरुङलाई सोहि अवसरमा आज विहान धरान बजार परिक्रमा गराएर सम्मान गरियो ।
सेवक अभियानको हाईकिङको ७५ हप्ता प्रवेश गरेको अवसरमा आयोजीत धरान पदयात्रालाई गायक श्रेष्ठको सम्मानमा आयोजना गरिएको थियो । प्रदेश सांसद सावित्री श्रेष्ठको प्रमुख आतिथ्यमा धरानको सप्तरंगीपार्कसम्म पदयात्रा गरेको सेवक अभियानले धरान संगीत प्रतिष्ठानको कार्यालय धरान ९बाट गायक श्रेष्ठ दम्पतीलाई माला तथा खादाले सम्मान गरी धरानको पुतलीलाईनबाट भानुचोक, महेन्द्रपथ, छाताचोकहुँदै सिंहदेवीचोकसम्म ¥याली सहित बजार परिक्रमा गराईयो । सांसद श्रेष्ठ र अन्य पदयात्रीसँगै गायक दम्पत्ती ¥यालीमा सहभागी भएका थिए ।

गायक श्रेष्ठको सम्मानमा आयोजीत ¥यालीमा धरानका संगीतकर्मीहरु, अन्तर्राष्ट्रिय हरियाली मञ्चका सदस्यहरु, सेवक अभियानका सदस्यहरु सहभागी थिए । आफुलाई गृहनगमा सम्मान गरिएकोमा खुसी व्यक्त गर्दै गायक श्रेष्ठले भने,‘आफ्नै घर आँगनमा सम्मानीत हुन पाउँदा खुसी लागेको छ ।’
आज साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित दशहरा हलमा प्रदेश नम्बर १का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा गायक श्रेष्ठलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।


































































