धरान : ‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ मा उत्कृष्ट गायीकाको अवार्ड गायीका स्मृति गौतमले प्राप्त गरेकी छिन् । चर्चित लोकदोहोरी गायीका गौतमले शुक्रबार कतारमा सम्पन्न एक कार्यक्रमकाबीच अवार्ड प्राप्त गरेकी हुन् ।

टंक केसी र मिरा घिमिरेको म्युजिक रहेको गायीका स्मृति गौतमको ‘घर त ठिमि’ बोलको गीतबाट उनी उक्त अवार्ड हात पार्न सफल भएकी हुन् । हिमालयन इभेन्टस प्रा.लि. र जन सवाल राष्ट्रिय दैनिकको संयुक्त आयोजनामा कतारको दोहास्थित वेस्ट्रन प्लस होटेलमा अवार्ड तथा सम्मान कार्यक्रम आयोजना भएको थियो ।
गायीका गौतमको ‘कालो बजारी’, ‘पानबुट्टे चोली’, ‘टोखा छहरे त्रिशुली बजार’, ‘कामेरो’, जस्ता चर्चित गितहरु बजारमा उपलब्ध छन् । सिन्धुपाल्चोक स्थायी घर भएकी गौतम लामो समय देखि नेपाली लोक दोहोरी तथा काँठ क्षेत्रका गितहरु गाउन प्रख्यात छिन् ।
गायीका गौतमले केहीदिन अघि मात्र नेपालमा ‘नेशनल पावर म्युजिक अवार्ड २०१९’ बाट सम्मानित भएकी थिइन् । ‘पानबुट्टे चोलि’ नामक गितबाट उनले सर्वोत्कृष्ट काठे गायिकाको अवार्ड हात पारेकी थिइन् । उक्त अवार्ड पूर्व राष्ट्रपति परमानन्द झा ले प्रदान गरेका थिए ।
त्यस्तै, म्युजिक अवार्डमा उत्कृष्ट गायकको अवार्ड सर्जक गायक अमृत खातीले प्राप्त गरेका छन् । विषम गौतमको शब्द र सिर्जु अधिकारीको सङ्गीतमा रहेको ‘झुम्के बुलाकी’, ‘ओ के छ त २’ बाट गायक खातीले उत्कृष्ट गायकको अवार्ड हात पारेका हुन ।
गायक खातीका ओके छ त, झुम्के बुलाकी ९ओके छ त ९२०, हाम्रै कालिन्चोक, जुनतारा, बिउ खायो किरैले लगायतका विभिन्न गितहरु बजारमा छन् ।
कतारका लागि नेपाली राजदुतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवार्ड कार्यक्रममा रन्जित परियार, सरस्वती लामा, भुमिका गिरि, शोभा त्रिपाठी, नवीन पौडेल, दावा फिन्जो लामा लगायतका कलाकारहरुले अवार्ड हात पारेका थिए । जितेका छन ।