पथरी: पुर्वी नेपालका विभिन्न भागमा छाँयाकन गरिएको चलचित्र ‘कथा औंशीको' सम्पादन कार्य अन्तिम चरणमा पुगेको चलचित्र निर्माण पक्षले जनाएको छ । रिहान्हा इन्टरटेन्मेट प्रालिको व्यानरमा निर्माण भएको चलचित्रको निर्देशन मित्र लिङ्गदेनले गरेका हुन् ।

मौषम परिर्वतन याक्थुवाले निर्माण गरेको चलचित्रमा संगीत रमेश प्रसाई र दिपराज योङ्गहाङ्गको रहेको छ । मुहासिंह थापामगरले सम्पादन गरेको चलचित्रको कथा निर्माता याक्थुम्वाले लेखेका हुन भने हिकस राईले चलचित्रको छायाङ्गकन गरेका हुन । चलचित्रमा विनिशा लिम्वु, दिलमान वेघा, अभिषेक लिम्वु, शिलु योङ्गहाङ्ग लगायतले अभिनय गरेका छन् । परम्परागत रुपमा पुर्वी पहाडमा चलेका विकृतिविरुद्ध चलचित्र निर्माण गरिएको निर्माता याक्थुम्वाले जानकारी दिए । चलचित्रमा २ वटा गीत रहेको छ । सम्पादनको काम अन्तिम चरणमा पुगेको र वैशाख भित्रमा चलचित्रको प्रर्दशन गरिने भएको छ ।