धरान : २१ औं बुढासुब्बा रेडबुल गोल्डकपमा उपविजेता बनेको आयोजक धरान फुटबल क्लवका खेलाडीहरुलाई ३ लाख ५० हजार रुपैया प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । धरान उपमहानगरपालिका अन्तर्गतको नगर खेलकुद विकास समितिबाट १ लाख ५० हजार रुपैयाँ र आयोजक धरान फुटबल क्लवबाट २ लाख रुपैयाँ गरी जम्मा नगद ३ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको हो ।

धरान नगर खेलकुद विकास समिति र आयोजक धरान फुबटल क्लवको संयुक्त आयोजनामा प्रशिक्षक सागर घिमिरेसहित २० जना खेलाडीलाई नगद रकम प्रदान गरिएको थियो । नगद रकम कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदी र एन्फाका मानार्थ उपाध्यक्ष एबंम क्लवका अध्यक्ष किशोर राईले संयुक्त रुपमा प्रदान गरेका थिए । नगर खेलकुद समितिले प्रतियोगितामा उपविजेता बनेको धरानको खेलाडीलाई हौसला प्रदान गर्नको लागि १ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको समितिका सदस्यसचिब गणेश प्रसाद खतिवडाले बताए । यता क्लवको तर्फबाट पनि २ लाख रुपैयाँ खेलाडीको प्रोत्साहनको लागि प्रदान गरिएको कलवका महासचिब प्रताप तामाङले बताए ।

KISHOR-RAI-2

एन्फा मानार्थ उपाध्यक्ष तथा धरान फुटलब क्लवका अध्यक्ष किशोर राईले करिब एक दशकपछि धरानले फाइनलमा पुन्न सफल भएको भन्दै खेलाडीहरुलाई धन्यवाद दिए । उनले धरान फुटबलको ऐतिहाशिक थलो भएकोले मिनी ब्राजिल भनिएको बताए । स्थानीय सरकारले धरानको खेलकुदको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । ‘स्थानीय सरकारले अब खेलकुदको पूवार्धार विकासमा जोड दिनुपर्यो’ उनले भने ‘फुटबलको त धरान मिनी ब्राजिल नै भनेर चिनिएको छ, यो त्यतीकै भएको हौइन’ । कार्यबाहक मेयर सुबेदीले खेलाडीहरुलाई प्रोत्सहान गराउनको लागि पुरस्कृत गरिएको बताइन् । खेलाडीहरुलाई व्यावसायिक रुपमा अगाडी बढ्न सुझाब दिइन् । ‘निर्धक भएर खेल्नुस्, नगरपालिका तपाइको साथमा छ’ उनले भनिन् ‘हामीले तपाईहरुको लागि नै काम गर्ने हो’ । उनले धरानलाई पूर्वाधारयुक्त खेलकुदको शहर बनाउने बताइन् । त्यसको लागि सबैले आ–आफ्नो तर्फबाट आवश्यक सुझाब दिन आग्रह समेत गरिन् । १२ वर्षपछि २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा पुगेको आयोजक धरान क्यामरुनी क्लव डाफिन्स एफसिसंग टाइब्रेकरमा हार्दै पाचौं पटक उपविजेता सिमित बनेको थियो ।