आशाको किरण फैलिरहोस् घामसरी
पाईरहुँ सारा संसार अंगालो भरीभरी
घामसरी, अंगालो भरीभरी...
धन्यवाद, धन्यवाद, धन्यवाद !

संचारकर्मी अनुशील श्रेष्ठको शब्द, कल्याण सिंहको संगीतमा हङकङका प्रतिभाशाली गायक बिनोद मेख्खुको स्वरमा नयाँ गीत ‘धन्यवाद’ युट्युवबाट सार्वजानिक भएको छ ।

हाल हङकङमा कार्यारत पत्रकार अनुशीलसँग गायक बिनोदसँग अर्का गायक कवी राईले भेट गराउदै गीत लेखिदिन प्रस्ताव गरेपछि यो सहकार्य सुरू भएको थियो । तीन वर्षअघि गीतकार श्रेष्ठलाई आफुले गाउन चाहेको गीतको ‘थीम’ सुनाएका थिए । जसअनुसार परिवारमा नयाँ सन्तानको आगमनले ल्याएको खुशीसँगै जीवनमा हरपल साथ, सहयोग, माया गरिरहने परिवार, आफन्त, साथी भाईहरूलाई ‘धन्यवाद’ दिने गीतको शब्द लेखिएको थियो । गीतकार श्रेष्ठ भन्छन्, ‘प्राप्त खुशी वापत प्रियजनलाई दिने ‘धन्यवाद’को ‘थीम’ मा गीत लेख्न ३ महिनाको समय लागेको थियो भने पुरै गीत बनेर म्युजिक भीडीयो सार्वजनिक हुन ३ वर्ष लाग्यो ।’

शब्द तयार भएपछि बिनोदको स्वर सुहाउदो संगीतका लागी गीतकार श्रेष्ठले नेपालका चर्चित संगीतकार कल्याण सिंहसँग सम्पर्क गरेका थिए । सिंहले यसअघि पनि अनुशीलको गीतमा संगीत गरिसकेकाले सहकार्य गर्न सजिलो भएको थियो । मन छुने संगीत तयार भएपछि संगीत एरेन्ज, रेकर्डींगमा निकै समय लागेको थियो ।
आरोह अवरोहलाई समेटेर तयार पारिएको गीत धन्यवादमा कलाकारहरुले जीवन्त अभिनय गरेका छन् । गोपाल रसाइलीको एरेन्ज रहेको गीतको म्यूजिक भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा नायिका छुल्ठिम गुरुङ, शैलेन्द्र थेबे र डानियल प्रधानको अभिनय रहेको छ ।