धरान :  लोकप्रिय ब्याण्ड ‘मन्त्र ब्याण्ड’ को २० औं स्थापना दिवश आउँदो फाल्गुन १२ गते धरानमा मनाउने भएको छ ।

एनजी अर्थात नेक्स जेनेरेशन इेभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मन्त्रले आफ्नो २० औं स्थापना दिवश धराने स्रोता माँझ मनाउने भएको हो । धरान–९ स्थित बज पव इन रेष्ट्रोमा कार्यक्रम साँझ ५ बजेदेखि राती साढे १० बजेसम्म हुने आयोजकले जनाएको छ । कार्यक्रममा करिब १ सय २० जनाको सहभागीता हुने एनजी प्रालिका अध्यक्ष सन्देश लामाले बताए । च्यारिटी नाइटबाट संकलन रकम मध्ये १० हजार रुपैयाँ असहाय तथा सामाजिक संस्थामा खर्चिने उनले बताए । ‘यो च्यारिटी नाइटबाट उठेको रकमको १० हजार सामाजिक सेवामा खर्चिन्छौं’– उनले भने । दार्जिलिङको ब्याण्ड मन्त्रको ‘गोर्खाली’, ‘पारी’, लगायतको गितहरु लोकप्रिय छन् ।