धरान : अन्तर विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता नाच–नाच सिजन–४ मा धरान डिपोट माविका विमश पौडेल विजेता बनेका छन् ।


नागी डान्स सेन्टर इटहरीद्वारा आयोजित नृत्य प्रतियोगितामा १९ वटा विद्यालयलाई पछि पादै पौडेल विजेता बन्दै नगद ५० हजार रुपैयाँसहित नटराज ट्रफी जितेका छन । त्यसैगरी, दोस्रो डिभिएम इटहरी स्कुलकी श्रीएसी अग्रवाल, तेस्रो हिमशिखर बोडिङ स्कुल तरहराका यूवराज डाँगी घोषित हुदै क्रमसः नगद ३० हजार र १५ हजार रुपैयाँसहित नटराज ट्रफी पाए । त्यसैगरी, चौथो र पाचौं क्रमसः राईजिङ स्टार इटहरीकी निमिता विक र नर्थपोल इटहरीकी मनिसा कार्की घोषित भएको सेन्टरका अध्यक्ष दिबश श्रेष्ठले बताए ।

उनीहरुलाई समेत नटराज ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । निर्णायकहरुमा बरिष्ठ नृत्य निर्देशक पनिता तामाङ, हाम्रो डान्स सेन्टर धरानकी नृत्य निर्देशकद्वय रेस्मा राई र सन्ध्या श्रेष्ठ रहेका थिए । इटहरीको ओशियन पार्क रिसार्टमा प्रतियोगिताको ग्राण्ड फिनाले गरिएको थियो । गत साउनदेखि प्रतियोगिता शुरु भएको थियो । अडिसन धरान, तरहरा र इटहरीमा गरिएको थियो । विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गदै आएको श्रेष्ठले बताए ।