धरान: विवाहित तथा गृहणी महिलाहरुलाई लक्षित गरि वुमन वर्थ गु्रपले आयोजना गरिरहेको मिसेस स्टेट १ दोस्रो सिजनका सहभागीहरुलाई मंगलवार टेवल शिष्टचार सम्वन्धी प्रशिक्षण दिइएको छ ।

धरान युएन कलेजको व्याचलर अफ होटल म्यानेजमेन्टका संयोजक गगन श्रेष्ठले युएन कलेजको प्राक्टिवल हलमा प्रशिक्षण दिएका हुन् । कुन ठाउँमा कसरी खाने, कसरी बस्ने, के के कुराहरुमा ध्यान दिनेलगायतका विषयमा सहभागिहरुलाई श्रेष्ठले प्रशिक्षण गराएका थिए । पार्टिमा जादा, घरमा पाहुना भएर जादा वा कुनै कार्यक्रममा सहभागि हुदा टेवल शिष्टचारमा बिशेष ध्यान दिनुपर्ने श्रेष्ठले जानकारी दिए । टेवल शिष्टचारले पनि व्यक्तिको व्यक्तित्व झल्काउने कुरा उनले प्रशिक्षणको समयमा जानकारी गराएका थिए ।

साथै, सहभागिहरुलाई प्रक्टिकलरुपमा पनि प्रशिक्षण दिइएको थियो । सहभागि प्रतिस्पर्धीहरुको व्यक्तित्व तथा क्षमता विकासका लागि आयोजकले विभिन्न बिषयमा प्रशिक्षण गराईरहेको छ । आयोजक वुमन वर्थ गु्रपकी कोषध्यक्ष रोजी ताम्रकारले सम्बन्धित विषयका जानकार तथा विज्ञहरुद्धारा सहभागीहरुलाई प्रशिक्षण गराइरहेको बताइन् । मिसेस स्टेट १ सिजन टुको ग्रान्ड फिनाले फागुन २४ गते श्रमिक महिला दिवसको दिन धरान ८ स्थित धरान सभागृहमा हुनेछ ।

IMG_0192

प्रतियोगिताका विजेता तथा फस्ट रनर अप र सेकेन्ड रनरअपले क्रमशः नगद एक लाख रुपैया, ५० हजार, २५ हजार रुपैयासगै क्राउन, ट्रफि र गिप्mट ह्याम्पर प्राप्त गर्ने वुमन वर्थ गु्रपका उपाध्यक्ष उमा ताम्रकारले बताइन् । त्यस्तै गरि टाइटल अवार्डमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, मिसेस भ्यवर्स च्वइस र मिसेस एक्टिभ रहेको छ । उनीहरुले ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।