अनमोल के.सि. अभिनित यो बर्षकै प्रतिक्षित चलचित्र ‘क्याप्टेन’ आजबाट रिलिज भएको छ ।

देशभरका हलमा रिलिज भएको यो चलचित्रले लामो समयदेखि चलचित्रको व्यापारमा लाग्दै आएको खडेरी चिर्ने आशा गरिएको छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको चलचित्र ‘क्याप्टेन’लाई भूवन केसीले निर्माण गरेका हुन् । चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रले एउटा गाउँको यूवकको फुटबल खेलेर गोल्ड मेडल जित्ने सपनालाई देखाएको छ । यो चलचित्रले हलमा दर्शकको चाप बढाउने अपेक्षा चलचित्रकर्मीले गरेका छन् ।