धरान : अन्तर्रा्ष्ट्रिय हरियाली मञ्च साँस्कृतिक समूह सुनसरीको आयोजना तथा अन्तर्रा्ष्ट्रिय हरियाली मञ्च सुनसरीको संयोजनमा धरान–१० स्थित शैनिक भवनमा लोक नृत्य प्रतियोगिता आज शुक्रबार सम्पन्न भएको छ ।

मौलिक लोक नृत्यहरुको संरक्षण तथा पवद्र्धन गर्ने उद्देश्यले ‘मौलिक लोक नृत्य प्रतियोगिता’को आयोजना गरीएको आयोजकले जनाए । प्रतियोगितामा हरियाली मञ्चमा आबद्ध ताप्लेजुङ, पाँचथर, झापा र सुनसरीका साँस्कृतिक समूहले भाग लिएका थिए । प्रतियोगितामा सुनसरी प्रथम, झापा दीतीय, ताप्लेजुङ तृतीय र पाँचथर चौथो भएभने क्रमशः नगद ४० हजार, ३० हजार, २० हजार, १० हजार रुपैयाँसहित ट्रफि प्रमानपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको गेस्ट निर्णाायक प्रचण्ड पौडेल तथा  नृत्य निर्देशक सरस्वती योगी र माया सुनवार राईले निर्णाायक गरेका थिए । 
कार्यक्रममा सभापति तथा अध्यक्ष कुमारी राईले नेपाली कला, संस्कृतिहरुको जगेर्ना गर्ने अभिप्रायले पहिलो पटक लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको बताईन् । यसैगरी यस प्रतियोगिताबाट संकलित रकमले वैदेशिक रोजगारीको शिलशिलामा घरेलु हिंसाबाट ढाडको मेरुदण्ड र खुटामा स्टिल राखि पिडादायिक जिवन बिताइरहेकी भोजपुरकी शान्ता राईलाई सहयोग गर्ने समूहकी अध्यक्ष राईले बताइन् ।
वातावरण क्षेत्र साथै, कला, साँस्कृतिक, खेलकुद र विविध सामाजिक सेवा गर्ने उद्देश्य अनुसार आप्रबासी नेपालीहरुद्वारा २०७२ सालमा अन्तरािष्ट्रय हरियाली मञ्चको स्थापना गरिएको हो । हाल, अमेरीका, अष्ट्रेलिया, हङकङ र सिंगापूरमा समेत मञ्चको स्थापना गरिएको संस्थाका नेपालका लागि राजदुत विशाल राईले बताए ।