धरान (डेस्क) : गायक सुरज थापाको आवाजमा रहेको नयाँ गीतको म्यूजिक भिडियो सार्बजनिक गरिएको छ ।


नेपालीहरुको वास्तविक कथा व्यथा समेटिएको ‘हवाईजहाज’ बोलको गीतमा शब्द प्रमानन्द खरेलको रहेको छ भने गीतमा प्रकाश नेपालीको संगीत रहेको छ । गोविन्द मधुर आचार्यले संगीत संयोजन गरेको गीतलाई अन्जुली इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको छ । नेपाल आइडलमा सहभागी भएर धेरै दर्शक श्रोताको मनमा बस्न सफल गायक सुरज थापाले गीतलाई मन छुने गरि आवाज दिएका छन् ।

गीतको भिडियोमा थुप्रै नेपाली चलचित्रमा अभिनय गरि सकेकी अभिनेत्री ऋचा शर्माको साथमा राज खड्का र संगीत सन्तोषको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् भने निर्देशक सर्जुन राइले म्यूजिक भिडियोलाई उत्कृस्ट बनाएका छन् । परदेशमा जाने नेपालीहरुको कथा व्यथा र छोरो विदेश गए पछि घरमा रहेका आमा बुबाको दुख पिडालाइ भिडियोमा समेटिएको निर्देशक सर्जुन राईले बताए ।