धरान: वुमन वर्थ गु्रपको आयोजनामा गुहणी तथा विवाहित महिलाहरुको लागि आयोजित मिसेस स्टेट १ दोस्रो सिजनको मिरिन्डा मिसेस ट्यालेन्ट र मिसेस व्युटिफुल चरण शनिवार उद्योग वाणिज्य संघको भवनमा सम्पन्न भएको छ ।
मिरिन्डा मिसेस ट्यालेन्ट उपाधिको लागि सहभागिहरुले आफ्नो नृत्यकला, भाषणकला र गायनकला प्रस्तुत गरेको थिए । ट्यालेन्ट राउण्डका लागि नृत्यतर्फ पुर्व कै चर्चित नृत्य निर्देशक मनिकुमार राई, गायन तर्फ चर्चित गायक दिल्लि फोम्वो र भाषणकलातर्फ व्लाष्ट राष्ट्रिय दैनिकका सल्लाहकार सम्पादक तथा व्लाष्ट खवर डटकमका कार्यकारी सम्पादक देवेन्द्र कार्की निर्णायकको रुपमा रहेका थिए ।
यसैगरी,मिसेस व्युटिफुल अवार्डको लागि भने निर्णायकहरुमा धरान डेन्टल क्लिनिकका प्रोपराइटर डा. नन्दन श्रेष्ठ, धरान फिटनेस क्लवका प्रो. कविरभगत प्रधानाङ्ग र डेजि नेल आर्टका प्रो. तथा मेकअप आर्टिस्ट तरुण राई रहेको थियो । उनीहरुले सहभागिहरुको फिटनेस, सौदर्य र हेल्थ सम्वन्धी विषयमा चेकअप गरेका थिए भने सुन्दर र स्वस्थ्य रहन के गरिरहेको छ भन्ने विषयमा उनिहरु वाट जानकारी लिएका थिए । यसैको आधारमा मिरिन्डा मिसेस ट्यालेन्ट र मिसेस व्युटिफुल अवार्डको उपाधि नतिजा निर्णायकहरुले निर्धारण गर्ने आयोजक वुमन वर्थ गु्रपका उपाध्यक्ष उमा ताम्रकारले जनाए ।
गृहणी तथा विवाहित महिलाहरुको क्षमता अभिवृद्धि, पहिचान र अवसर प्रदान गर्नको लागि आयोजित मिसेस स्टेट १ दोस्रो सिजनका उपाधि विजेता, फस्ट रनर अप र सेकेन्ड रनरअपले क्रमशः नगद एक लाख रुपैया, ५० हजार, २५ हजार रुपैया, क्राउन, ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गर्ने वुमन वर्थ गु्रपका कोषध्यक्ष रोजि ताम्रकारले जनाए । त्यस्तै गरि टाइटल अवार्डमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन र मिसेस एक्टिभ रहेको छ । उनिहरुले ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । कार्यक्रमको ग्रान्ड फिनाले फागुन २४ गते महिला दिवसको दिन धरान ८ स्थित धरान सभागृहमा हुनेछ ।







































































