धरान (डेस्क) : लामो समयको अन्तराल पछि अहिले धरानमा पुनः नाटकहरु धमाधम मञ्चन हुन थालेका छन् । काठमाडौमा रहेको बेरि जोन एक्टिङ स्टुडियोले धरानको व्रिटीस सामुदायिक भवनमा नाटक तुम्बी बाजे फागुन १८ गत्ते शनिबारदेखि मञ्चन गरीरहेको छ ।

धरानमा नाटक तुम्बी बाजेको आज बुधबार अन्तिमदिन मञ्चन गरिने नाटकका निर्देशक मुस्कान राईले जानकारी दिए ।
धरानमा १८ गत्तेदेखि प्रदर्शन भैइरहेको यस नाटकमा नेपाली परिवेशको लिम्बु गाउँको कथालाई समेटेको छ भने नाटक मार्फत समाजमा जनचेतना को सन्देश दिन खोजिएको छ । आफ्नो पुर्खाहरुले छाडेर गएको लोप हुन लागेको पुरानो सम्पदाहरु भ्रष्टाचारिहरुले डलरमा बेचीरहेको र अब यसलाई नयाँ पुस्ताले सम्पदाहरुको एकजुट भएर जगेर्ना गर्न तिर लाग्नु पर्ने यस नाटकमा प्रस्तुत गरिएको छ । साथै यस नाटकमा भ्रष्टाचार विरुद्ध सबैले आवाज उठाउनु पर्ने तथा माया प्रेम आउने उत्तरचढाबलाई देखाइएको छ ।

यसैगरी नाटकमा उदय बेघा लिम्बू, सुमन राई, प्रमिशा राई, अस्मिता लिम्बू, निशान्त खत्री, रुपेश झा, समीर कुवँर, पुशन राई, प्रमोद रावल र रोयल राय लगायतको अभिनय देख्न सकिन्छ भने उक्त  नाटकको लेखन विष्णु नेम्बाङले लेखेका हुन् । नाटक दिउँसो १२ बजे र बेलुका ४ बेजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ ।