धरान : राम बाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘साईली’ आगामी चैत्र १५ गत्तेबाट देशभर प्रदर्शन हुने भएको छ ।

गायक हेमन्त राणाको साइली गीतमा मेनुका र गोरवकै फिचर्ड थिए भने साईली फिल्ममा पनि यी जोडि लगायत दयाहाङ राई र नव नायिका किनिपा सिंहको मुख्य भूमिका रहेको छ । साथै प्रकाश घिमिरे, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुष्मा निरौला, इस्तु कार्की, अरुणा कार्की लगायतको पनि अभिनय रहेका छन् ।

चलचित्र साईलीको प्रोमोसन पूर्वको शुन्दर नगरी धरानबाट सुरु गरीएको आज आइतबार पत्रकार सम्मेलन गरी चलचित्रका निर्माता तथा अभिनेता गौरव पहाडीले जानकारी दिए । साइली गीतमा एक जना मात्र साईलीलाई समेटिएको थियो भने यो साइली चलचित्रमा अर्को साइलीलाई पनि समेटिएको छ । गाउँबाट वैदेशिक रोजगारीमा गएको श्रीमान र गाउँमा रहेको श्रीमतीले श्रीमानको प्रतिक्षामा बसेकी मायाँ मोह समेटिएको उक्त टिमले जानकारी दिए ।

s-1

चलचित्र साइली ४५ दिन लागाएर निर्माण गरिएको हो । सैलेन्द्र डी कार्कीले छायाङकन गरेका हुन् भने चलचित्रको कार्यकारी निर्माता मणीराम पोखरेलले गरेका छन् । यसैगरी विशाल गुरुङ र मोहन राना मगरको निर्माण, कालिप्रसाद बासकोटा र सुशान्त गौतमको संगीत तथा हेमन्त राणा, कालीप्रसाद, शुसान्त गौतमको स्वरले भरिएकोे छ भने हर्क साउदको शब्द रहेको छ । चलचित्रको छायाँकन भने पोखरा आसपासको गाउँलाई समेटिएको छ ।

सो चलचित्र गायक हेमन्त राणा र अभिनेता गौरब पहाडीले निर्माण गरेका हुन् । २ घण्टा १५ मिनेटको रहेको साइली चलचित्र जिएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

तस्विरः– सनम तामाङ