धरान : लोकप्रिय गायक मुरलीधर मिजारको धरानमा सोमबार मन्नत इन्टरमेन्टको आयोजनामा मुरलीधर एकल साँझ सम्पन्न भएको छ । एकल गोरखा डिपार्टमेन्ट स्टोरको सेमिनार हलमा आयोजना भएको थियो ।
गायक मुरलीधरले आफनो लोकप्रीय नेपाली, हिन्दी, भोजपुरी तथा मैथिली गीत प्रस्तुत गरेका थिए । पातलीको ओठ र नशालु आखा, यो मनका रहरहरु, छाति भित्र लुकाइराख, निष्ठुरीलाई मायाँ गरी, जगदिश सिंहको ओठो से तथा उडायो सपना सबै हुरीले लगायत एक दर्जन गीत गाएर दर्शकलाई मनोरञ्जन दिएको मिडिया कोर्डिनेटर दिलिप रिनोहाङ राईले बताए ।

गायक मुरलीधरले उनको एकल साँझमा इटहरी उपमहानगरपालिका वडा नं. २ का लामो समयदेखि मृर्गौला रोगबाट पीडित भएका मीत्र गजमेरलाई रु ५ हजार रुपैँया सहयोग समेत गरेको आयोजक संस्थाका सञ्चालक तथा समाजसेवी शत्रुधन अन्सारीले बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि स्थापित नेपाली कलाकारलाई सम्मान स्वरुप मुरलीधर एकल साँझ कार्यक्रम आयोजना गरिएको अन्सारीले बताए ।
कार्यक्रममा प्रमुख प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारीद्वारा गायक मुरलीधरलाई खादा ओढाएर तथा सम्मान पत्र प्रदान गरेका थिए भने धरानका कार्यबाहक मेयर मन्जु भण्डारी सुवेदी, गोरखा डिपार्टमेन्टका प्रोपाईटर बलराम आचार्य, धरान बराह इन्डष्ट्रिज प्रा.लिका अधिकृत गंगा कालिकोटे तथा प्राध्यापक राज बिमल श्रेष्ठ, गायक एपी शेर्पा तथा नायिका कामना भुजेलको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन भने मोडल तथा आरजे इक्सा मादेनले गरेकी थिईन् । उक्त एकल साँझमा करिब १ हजार भन्दाबढी दर्शकहरुको उपस्थिति रहेको थियो ।
तस्बिर–सनम तामाङ








































































