बुटवल : नेपाल आइसको मुख्य प्रायोजनमा कन्दरा ब्याण्डको नेपाल आइस प्रादेशिक संगीत यात्रा  बुटवलबाट सुरु हुने भएको छ । सात वटै प्रदेशको मुख्य सहरमा आयोजना गर्ने तयारी गरिएको कार्यकर्मको सुरुवात प्रदेश न. ५ को बुटवलबाट हुन लागेको हो । कार्यक्रम आउँदो चैत्र ९ गते शनिबार बुटवलको बुटवल मण्डपको चौरीमा आयोजना हुनेछ ।

नेपाली संगीत क्षेत्रका नयाँ पुराना प्रतिभाहरुलाई सम्मिलित गराई आयोजना गरिने बिशुद्ध सांगीतिक कार्यक्रममा  २ दशक देखि नेपाली संगीतका देश/विदेशका श्रोता /दर्शकहरु माझ आफ्नो पहिचान बनाइ रहन सफल चर्चित सांगीतिक समुह कन्दराको बिशेष प्रस्तुति रहनेछ । यो बुटवलमा कन्दराको १२ बर्ष पछिको स्टेज सो आयोजना हुनेछ । लेककि हे माया , हंगकंग पोखरा , बिदेसशएर गइन उनि , तिमि पारि त्यो गाउँमा जस्ता थुप्रै चर्चित तथा सदाबहार सुमधुर गीतहरु संगै कन्दरा ब्याण्ड र यस ब्यान्डका मुख्य भोकलिस्ट बिबेक श्रेष्ठ बुटवलको स्टेजमा देखा पर्दैछन ।

Butwal-concert

संगीत क्षेत्रमा पुन: सक्रिय कन्दरा ब्यान्डले गएको असोजमा धरान , दमक , बिर्तामोडमा धमाकेदार प्रस्तुतिले सबैको मन जित्न सफल भएको थियो । बुटवलका श्रोता र दर्शकबाट पनि राम्रो साथ पाउने आशा रहेका गायक बिबेक श्रेष्ठ बताए ।  नेपाल आइस प्रादेशिक संगीत यात्रा - बुटवलमा कन्दरा ब्याण्ड संगै बुटवलकै स्थानीय प्रतिभा तथा चर्चित गायन रियालिटी सो नेपाल आइडल -२ मा पाचौ स्थानमा आउन सफल गायक अमित बराल संगै स्थानीय ब्याण्डको पनि प्रस्तुति रहनेछ ।
स्थानीय बुटवल युवा परिवार र ताम्रिंग म्युजिक सेन्टरको सहभागितामा सिल्भर इन्टरटेनमेन्टले कार्यक्रम आयोजन गरेको कार्यक्रमलाइ भब्य रुपमा सम्पन्न गर्न जोडतोडका साथ लागिपरेको स्थानीय आयोजकका सदस्य भक्त गलामीले बताए ।