धरान: धरान–१५ बगरकोटस्थित एमएच होटल एण्ड बिबिक्यू हाउसले फागु पूर्णिमा अर्थात होलीको अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

विहीबार एमएचको प्राङगणमा ‘एमएच होली हंगामा’ कार्यक्रम गर्ने भएको हो । कार्यक्रममा धराने ब्याण्ड द लास्ट नोट, केटिएम डिजे नेहा र धराने डिजे स्याडाको डिजेइङ प्रस्तुत हुने कार्यक्रमका प्रचारक विकास चाम्लिङले बताए । ग्राकहलाई लक्षित गरी होली पर्वमा मनोरञ्जन प्रदान गर्नको कार्यक्रमको आयोजना गर्न लागिएको सञ्चालक जिवन लिम्बूले बताए । ‘होटलमा आउने ग्राहकहरुको लागि मनोरञ्जन प्रदान गर्नको लागि कार्यक्रम गर्न लागेका हौं,’उनले भने ।

कार्यक्रमलाई थप रोचक बनाउन विभिन्न विद्यामा पुरस्कृत गरिने भएको छ । एमएच होली फेस कलर अवार्ड, बेस होली ड्रेस, महिला र पुरुष, बेष्ट कपल, बेष्ट डान्सर क्रियटिभ होली फेस कलर अवार्ड प्रदान गरिने मेन्याङबोले बताए । त्यसैगरी, एमएचले विभिन्न समयमा सामाजिक सेवा अन्तर्गत असहायहरुलाई सहयोग गदै अएको छ । एमएच सामाजिक उत्तरदायित्व अन्तर्गत होली हङगामा कार्यक्रमबाट सञ्चित रकमबाट १० हजार रुपैयाँ धरान–१७ विजुवा मार्गकी जानुका विकेको घर निर्माणमा सहयोग गरिने उनले बताए ।