इटहरी: बुधबार पहाडी जिल्लाहरुमा भव्यताका साथ मनाइएको फागु पर्व आज बिहिबार तराईका जिल्लाहरुमा धुमधामले मनाइयो ।होली पर्व मनाउने क्रममा इटहरीले पनि रंग एकआपसमा भाइचाराको सम्बन्ध स्थापित भईरहेको छ ।

इटहरीमा एरिना टिभी र सञ्चारपाटीले आयोजना गरेको होलीमा सर्बसाधारण मानिसदेखि बृद्ध,बालबालिका, युवायुवती रमाईरहेका थिए । त्यस्तै, इटहरीमै सजिलो एजुकेशनल एकेडेमीले पनि होली पर्व मनाएको थियो । सञ्चालक राजेन्द्र खड्काका अनुसार एकआपसबीच भाईचारा सम्बन्ध स्थापित गर्नका लागि होली पर्वको आयोजना गरिएको हो । त्यस्तै तरहरामा तरहरा जेसीजले पनि होली पर्वको आयोजना गरेको थियो ।

holi-itarie

तरहरा जेसीज बर्ष २०१९ का अध्यक्ष विकास गिरीका अनुसार जेसीजले बर्षेनी रुपमा मनाउँदै आएको पर्व यो पटक पनि भव्य रुपमा मनाएको हो । असत्यका बीच सत्यको बिजय होली रहेकाले जेसीजले मन जोड्ने भएकाले पनि यो पर्ब मनाइएको बताए । इटहरीका विभिन्न कार्यक्रममा सांगीतिक प्रस्तूतीसँगै नृत्य समेत आयोजना गरिएको थियो । इटहरीमा मात्रै नभएर आज तराईका जिल्लाहरुमा होली पर्व भब्यताका साथ मनाइएको छ ।