धरान: होली पर्वको अवसरमा एमएच बिबिक्युको आयोजनामा बिहिबार एमएच होली हंगामा सम्पन्न भएको छ ।

बिहिबार साँझ ६ बजेदेखि सुरु भएको कार्यक्रममा धरानका चर्चित व्याण्ड द लास्ट नोट, डिजे मलिक स्याडो र काठमाण्डौबाट आएकी डिजे नेहाको प्रस्तुती रहेको थियो । लास्ट नोटले हिन्दी, नेपाली र अंग्रेजी एक दर्जन गीत गाएर उपस्थितहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । लास्ट नोटको प्रस्तुती पछि डिजे मलिक स्याडो र डिजे नेहाले संयुक्त रुपमा डिजे गरेर उपस्थितहरुलाई नचाएका थिए । उनीहरुले पनि नेपाली, हिन्दी र अंग्रेजी म्युजिकहरु बजाएर होली हंगामामा उपस्थितहरुलाई भरपुर मनोरंजन दिएका थिए ।

holi 1

थप मनोरञ्जनका लागि कार्यक्रममा उपस्थितहरु मध्येबाट विभिन्न विधाका विजेताहरुलाई अवार्डसमेत प्रदान गरिएको थियो । होली हंगामा वेस्ट कपल अवार्ड श्रीमति रोजी ताम्राकार र सुरेश ताम्राकार, क्रियटिभ फेस कलर अवार्ड पुनम वुढाथोकी, वेस्ट ड्रेस विना श्रेष्ठ र वेस्ट डान्स अवार्ड रेश्मी देवानले प्राप्त गरेका थिए । उनीहरुलाई अवार्डसँगै गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रदेश १ बास्केटवल टिम महिला र पुरुष टिमका क्याप्टेन नविन राई र डा.आशा राई, इमोर्टल बास्केटवल क्लवका अध्यक्ष रोशन राई, बास्केटवलका राष्ट्रिय खेलाडि वुर्जा विजय, मविन्द्र क्षेत्रि, विक्रम जोशि, असिम सिंङ्ग, जेसवा सेरचन र मनिस केसिलाई एम एच विविक्युका संचालक जिवन लिम्वुले खदा ओढाएर सम्मान गरेका थिए । उनीहरु धरानमा जारी खुला बास्केटवल प्रतियोगितामा इमोर्टल क्लवबाट सहभागी हुन धरान आएका हुन् । कार्यक्रममा धातु व्यवसायी संघका अध्यक्ष पियुषराज आचार्य, मिसेस स्टेट १ दोस्रो सिजनका सेकेन्ड रनरअप रोशनी राई, वुमन वर्थ गु्रपका उपाध्यक्ष उमा ताम्रकार, जुडो संघ सुनसरीका अध्यक्ष रिपु थोप्रालगायतको उपस्थिती रहेको थियो ।