धरान : हिन्दी फिल्म ‘पीएम नरेन्द्र मोदी’ को ट्रेलर सार्वजनिक गरिएको छ । द एक्सीडेन्टल प्राइम मिनिस्टर र ठाकरेपछि विशिष्ठ राजनेता नरेन्द्र मोदीमाथि फिल्म निर्माण गरिएको हो ।

फिल्ममा विवेक ओबरायले नरेन्द्र मोदीको भूमिका निभाएका छन् । ट्रेलरमा नरेन्द्र मोदीलाई हिरो बनाइएको देख्न सकिन्छ । प्रधानमन्त्रीको गेटअपमा देखिएका विवेक ओबरायको लूक पहिले नै भाइरल भएको थियो । उनको कामको पनि तारिफ भइरहेको छ ।

ट्रेलरमा पाकिस्तान र भारतको सीमायुद्धलाई समेत उठाइएको छ ।

ट्रेलरमा भारतीय प्रधानमन्त्री मोदीको जीवनका कैयन् किस्सा देख्न सकिन्छ । गुजराज दंगा, राजनीतिमा इन्ट्री, सन्यासी बन्ने यात्रा, राममन्दिर विवादजस्ता मुद्दालाई पनि फिल्ममा मुद्दा बनाइएको छ ।

भारतमा लोकसभाको चुनाव नजिकिँदै गर्दा यो ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्म ५ अप्रैलमा रिलिज हुँदैछ ।