धरान: दिनभर मुर्ति र क्यानभासमा ब्यस्त रहने कलाकारहरु केही दिनअघि भने कोशी नदीतिर लागे । उनीहरु जेटबोट चढेर उदयपुरको वेलका नगरपालिका ७ मा पर्ने कोसोपा भन्ने ठाउँमा पुगे ।

निरन्तर कामको ब्यस्तता र तनावबाट केही समय मुक्ति पनि मिल्ने । तर, कोसोपा पुगेका कलाकारहरु त्यहाँ पनि चुपचाप भने बसेनन् । क्यानभासलाई रंग्याउनु त नियमित कर्म नै हो, यसपाली भने धराने कलाकारहरुले नौलो सृर्जना गर्न पनि भ्याए । धरानबाट गएका कलाकार, फोटो पत्रकारहरुको टोलीले स्याण्ड आर्ट(बालुवाको कला) पनि सृर्जना गर्न भ्याए । यो अन्तरराष्ट्रिय क्षेत्रमा निक्कै चलेको कला भएपनि नेपालमा त्यति प्रचलनमा छैन ।

dharane-artists

चर्चित कलाकार जीवन पौडेलको नेतृत्वमा कलाकारहरु विसन परियार, धिरज राई र फोटो पत्रकार सनम तामाङ मिलेर स्याण्ड आर्ट तयार गरेका थिए । मोदर एण्ड चाइल्ड(आमा र बच्चा) थिममा बनेको सृर्जनाले कोशीलाई मायाको खानीकोरुपमा प्रस्तुत गरिएको थियो । ‘हिजोआज कोशी अपराध लुकाउने ठाउँजस्तो बन्यो, हामीले स्याण्ड आर्ट गर्दे जादा मोदर एण्ड चाइल्ड बनायौ । प्रकृति आमा हो, मायाको खानी हो, यसलाई नकरात्मक बनायौं,’कलाकार पौडेलले भने ।

यसबाहेक कलाकारहरु धिरज राई, विसन परियार, विगेन राई, एलन शाक्य, रविन कार्की र जीवन पौडेलले ल्याण्डस्केप चित्र पनि बनाएका थिए । विगतमा धराने कलाकारहरु हरेक शनिबार ल्याण्डस्केप बनाउन गाउँघर र प्रकृतिमा डुल्न जान्थे । अहिले यो क्रम रोकिएको छ । त्यसैले अल आर्ट भिलेज धरान १५ का कलाकारहरु यो साता कोशी किनार गएका हुन् । ‘नयाँ ठाउँमा नयाँ अनुभव गर्न पायौ । ल्याण्डस्केप र स्याण्ड आर्ट गर्यौ, धेरै खुशी छौ,’कलाकार पौडेलले भने ।

तस्बिर:सनम तामाङ

_DSC0077-01