धरान:धरान १२ स्थित एम्स एकेडेमीले कक्षा १२ का विद्यार्थीहरुको विदाईसँगै एम्स आइडलको पाँचौ सँस्करण सम्पन्न गरेको छ।

कलेजले आइतबार धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको सभाहलमा कक्षा १२ का विद्यार्थीहरुको विदाई तथा एम्स आइडल कार्यक्रम आयोजना गरेको थियो । आइडलतर्फ नृत्यमा सन्तोष तामाङ प्रथम भए भने तृष्णा राई दोस्रो र छविन तामाङ तेस्रो भए । गायनतर्फ प्रकृति सुन्दास प्रथम भइन् भने प्रविन राई दोस्रो र रुपेस लोहार तेस्रो भए । यस्तै, एम्स कल्चरल डे कार्यक्रममा उत्कृष्ट भेषभुषा लगाउने १० बिद्यार्थीसहित शिक्षक, शिक्षिका चन्द्र वनेम, प्रतिभा श्रेष्ठ र किशोर राई शिक्षकहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

Aims-ideal

कलेजका प्रिन्सिपल मित्र तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा भाषाविद् डा. टंक न्यौपाने प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई मायाको चिनो र खदा लगाएर विदाई गरिएको थियो । सोही कार्यक्रममा हिसान जिल्ला च्याम्पियन भलिबल, बास्केटबलका साथै प्रदेश नं १ को बास्केटबल टिममा पर्न सफल विद्यार्थीहरु आस्था राई र प्रनिशा ओझा, वक्तृत्वबाट निलेश बिष्ट, प्रज्ञा प्रतिष्ठान नृत्यमा उत्कृष्ट हुने बिद्यार्थीरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा विशेष अतिथिकोरुपमा हिसान जिल्ला अध्यक्ष मुकुन्द घिमिरे,एन्फा जिल्ला उपाध्यक्ष नवीन राईलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कक्षा ११ का बिद्यार्थीहरुले विभिन्न नृत्य तथा गितहरु प्रस्तुत गरेका थिए ।