सुनसरी: चेक वाउन्स तथा ठगी आरोपमा इटहरीमा पक्राउ परेकी कलाकार प्रज्ञा जोशीलाई प्रहरीले आज हवाईजहाज मार्फत काठमाण्डौं लगेको छ ।

निमात्रीसमेत रहेकी कलाकार जोशीलाई आइतबार प्रहरीले इटहरीबाट पक्राउ गरेको थियो । उनीमाथि ५० लाख रुपैया ठगी तथा चेक बाउन्सको आरोप छ । उनलाई जिल्ला अदालत काठमाण्डौंमा उपस्थित गराउन प्रहरीले काठमाण्डौ लगेको हो । उनीविरुद्ध सुबर्ण कुमारी श्रेष्ठले ठगी गरेको उजुरी दिएकी छिन् । प्रहरीले सोही उजुरीको आधारमा लामो समयदेखि कलाकार जोशीको खोजी गरिरहेको थियो । इलाका प्रहरी कार्यालय इटहरीले जोशीले ५० लाख भन्दा बढिको बाउन्स चेक दिएर ठगी गरेको आरोप रहेको जनाएको छ । जोशी लामो समयदेखि इटहरीमा लुकेर बसेको खुलेपछि प्रहरीले पक्राउ गरेको थियो ।