पथरी : कामना सेवा विकास बैंकले ८० औँ शाखाका रुपमा मोरङको पथरीमा कारोबार सुरु गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै कामना सेवाले आफ्नो कारोबार सुरु गरेको हो ।

राष्ट्रिय बैंकको मान्यता पाएपछि कामनाले देशैभर आफ्नो सेवा सुरु गर्ने क्रममा पथरीमा पनि कारोबार सुरु गरेकोे हो । नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको मान्यता प्राप्त कामनाले पश्चिमी क्षेत्रमा बढि मात्रामा शाखा विस्तार गरिरहेको थियो । पछिल्लो समय कामनाले प्रदेश १ का अधिकांस ठाउँहरुमा शाखाहरु विस्तार गरिरहेको वैंकका प्रदेश १ प्रमुख सुजन छाराहाङले बताए । प्रदेश १ को विर्तामोड, दमक, उर्लाबारी र पथरीमा शाखा विस्तार भइसकेको छाराहाङले बताए । विहिबार मोरङको सुन्दरहरैँचामा ८१ औँ शाखाको सुभारम्भ हुने र चाँडै नै इटहरी, धरान, विराटनगर, केराबारी लगाएतका स्थानमा पनि शाखा विस्तार गरिने छाराहाङले बताए ।
पथरीशनिश्चरे १ का वडा अध्यक्ष बाबुराम याङदेनले बैकहरुले व्यापारी र उद्योगीलाइ मात्र नभएर किसानलाई पनि समेटन र कृषि क्षेत्रलाइ प्राथमिताका साथ ऋण लगानी गर्न आग्रह गरे ।
सेवाग्राहीलाई सन्तुष्ट रुपमा सेवा प्रदान गर्नु बैंकको मुख्य उद्देश्य रहेको बैंकका कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । १२ वर्ष अघि स्थापना भएको यस बैंकमा हाल १५ हजार माथि सेवाग्राहीहरुलाइ ऋण प्रदान गरिएको बस्नेतले बताए । यसको हाल निक्षेप कर्ता २ लाख ५० हजार भन्दा पनि माथि रहेको बस्नेतले बताए । विशेष गरेर साना मझौला उद्योग व्यावसायलाई प्राथमिकता दिदै आएको बैंकले सरल रुपमा छिटो छरितो कर्जा प्रवाह गर्ने पनि बस्नेतको भनाइ छ । आगामी वि.स. २०८० सम्ममा देशै सबैभन्दा ठुलो बैंकका रुपमा विकास गरिने बस्नेतले बताए ।