विर्तामोड : झापाको अर्जुनधारा नगरपालिका र पूर्वाध कृषि सहकारी संस्था बीच ९ बुँदे सम्झौता भएको छ ।
अर्जुनधारा नगरपालिकाको पशु पकेट प्याकेज कार्यक्रमको समूह, समितिमा उत्पादित दुध खरिद गर्ने कार्य गर्नका लागि पूर्वाध कृषि सहकारी संस्था लि. बाट संचालित पूर्वाध डेरी उद्योग सँग सम्झौता भएको हो ।
सम्झौतामा उल्लेख गरिएअनुसार अर्जुनधारा नगरपालिकाद्धारा संचालित पशु पकेट प्याकेज कार्यक्रम अन्तर्गत खुदुनाबारी कृषक समितिले उत्पादन गरेको दुध पूर्वाधार डेरी उद्योगले खरिद गर्ने त्यसको दुधको मुल्य नेपाल सरकारले तोकेको दुधको गुणस्तर अनुसार एस.एन.एफ र फ्याटको आधारमा मूल्य निर्धारण गरी दिइने पुर्वाध डेरी उद्योगका अध्यक्ष कमल भण्डारीले जानकारी दिए ।
त्यस्तै, पूर्वाधार डेरी उद्योगले खुदुनाबारी कृषक समूहको कृषकहरुलाई शेयर प्रदान गर्ने, बजारीकरण गर्नको लागि नगरले खुवा मेशिन तथा आइस्क्रिम मेशिन खरिद गर्न र अन्य कार्यको लागि सहयोग गर्ने संझौता अनुसार पुर्वाध कृषि सहकारी संस्था लि. ले सेयर खुल्ला गरिसकेको छ ।
सम्झौताको ५ औँ बुँदामा दुध चिलिङ अर्थात चिस्यान गरे वापत प्रति लिटर एक रुपैंया डेरी उद्योगले कृषक समूहलाई दिनुपर्नेछ , उद्योगले समूहलाई टि.एस रकम वापत २० प्रतिशतले प्रदान गर्ने, नगरपालिकाले सहयोग गरेवापत डेरी उद्योगले कृषकहरुलाई लाभदायक कार्यक्रमहरु संचालन गर्ने सम्झौता भएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।
त्यस्तै, डेरी उद्योगले विषय परिस्थिती बाहेक मिल्क होली डे नगर्ने, ऐन नियम अन्य कुराहरु फरक परेमा आवश्यकता बमोजिम आपसी समाझदारीमा थपघट तथा परिर्वतन गर्ने सक्ने गरी संम्झौता भएको नगरपालिकाकी उपप्रमुख कमला खतिवडाले जानकारी दिइन ।
सम्झौताको पहिलो पक्षमा अर्जुनधारा नगरपालिका पशुपंक्षी विकास शाखा शनिश्चरे र दोश्रो पक्ष पूर्वाध कृषि सहकारी संस्था लि. अर्जुनधारा नगरपालिका–८ रहेको छ । संम्झौताको रोवहरमा नगर प्रमुख हरि कुमार राना, सांछीमा पशुपक्षी विकास शाखाका प्रमुख पदमलाल राई र पूर्वाध डेरी उद्योगकी नमिता विमली लगायत रहेको संझौतामा पहिलो पक्षबाट पंकज भुर्तेल, दोस्रो पक्षबाट संस्थाका अध्यक्ष कमल भण्डारीद्वारा हस्ताक्षर गरिएको छ । यस आर्थिक वर्षदेखि अर्जुनधारा नगरपालिकाले वडा–२ खुदुनाबारी क्षेत्रलााई पशु पकेट क्षेत्र घोषणा गरी कार्यक्रम संचालन गर्दै आएको छ ।


































































