धनकुटा:धनकुटाको साँगुरीगढी गाउँपालिका ५ निगालेमा गए राती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

राती साढे १२ बजे ३४ बर्षका लालमान तामाङले मोबाईल चार्जमा राखेर गरेर सुतिरहेको अवस्थामा बर्षासंगै खसेको चट्याङ लागेर गम्भीर घाइते भएका थिए । चट्याङ लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ ।