धरान(डेस्क) : मोरंगको पथरी  शनिस्चरेमा  बुधबार आयोजित   वल्र्ड लिन्क मिस पथरी शनिश्चरे २०१९ मा १४ जना प्रतियोगीहरुलाई पछि पार्दै पथरीको  पञ्चायत उच्च माध्यमिक विद्यालयमा ंअध्ययनरत रिजु भट्टराईले मिस पथरी शनिस्चरे पताओ पहिलो ताज आफ्नो शिरमा पहिराउन सफल भईन् ।

बिजेताले ताज संगै रु ७५,००० प्राप्त गरेकी छिन् । उनलाई मिस  पुर्वाञ्चल २०१४ तथा कोरियोग्राफर   नेमिता आङ्गबुहाङ्गले ताज पहिर्याएकी थिइन् । उनलाई मिस पुर्वाञ्चल २०१९ मा सिधा प्रवेशको अवसर समेत प्राप्त भएको छ । त्यस्तै   पथरी बहुमुखी क्याम्पसमा अध्ययनरत  तुलसा नेम्बाङले फर्स्ट रनर अपको उपाधि हासिल गरेर ताज संगै  रु ५०,००० प्राप्त गरेको छिन् भने रेड स्टार बोस्डिङ स्कुलमा अध्ययनरत रेजिना राईले सेकेन्ड रनर अपको उपाधि संगै रु २५,००० पुरस्कार  प्राप्त गरेकी छिन् ।

त्यस्तै स्मिता तामाङलाई मिस फोटोजेनिक, रिजु भट्टराईलाई बेष्ट पर्सनालिटी, रेजिना राईलाई मिस ट्यालेन्ट, रोमा गुरुङलाई पब्लिक चोइस, तुलसा नेम्बाङलाई बेस्ट स्माइल टाइटल सहित नगद ७ हजार रुपैयाको पुरस्कार प्रदान गरिएको थियो ।

माउन्ट एभ्रेस्ट इन्टरटेन्ट्मेन्टको  आयोजनामा तथा  सिल्भर इन्टरटेन्ट्मेन्टको प्राबिधिक सहयोगमा र पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा पथरीको  शिन भिलेज पार्टी  प्यालेसमा सम्पन्न प्रतियोगितामा कोरियोग्राफर  नेमिता  आङ्बुहाङ, पहिरन मुन्धुम बुटिक, धरान  र मेकअप दमक ब्युटीले गरेको थियो  भने कार्यकम सञ्चालन इक्सा मादेनले गरेका थिए  । १५ जना प्रतियोगीहरुलाई २५ दिनको बन्द प्रशिक्षण पछी ग्रान्ड फिनालेमा उतारिएको थियो ।

missss

मिस पथरी शनिस्चरेको पहिलो संस्करणको   मुख्य निर्णायकको  रुपमा पुर्वाञ्चल ल्युब ओयलका प्रबन्ध निर्देशक   भोलेश्वर दुलाल थिए भने अन्य निर्णायकमा बरिस्ठ नृत्य  निर्देशक गोबिन्द राई, संचारकर्मी तथा मिस मंगोल २०१५ को फर्स्ट रनरअप शरुपा थापा,  फेशन डिजाइनर मुनु मिभक, म्युजिक  भिडियो निर्देशक भुपेन्द्र तुम्बाहांगफे, कोरियोग्राफर तथा मिस पुर्वाञ्चल  २०१५  सेकेन्ड रनरअप प्रमीसा बज्राचार्य , अरनिको हस्पिटलका निर्देशक लोलिम पोमो, पत्रकार सन्तोष राई  र नेपाल जेसिजका  पुर्व उपाध्यक्ष मन्जरी घिमिरे रहेका थिए ।