झापा : झापाको भद्रपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–६ नयाँबारीका ३२ वर्षीय भीम राजवंशी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरका अनुसार घरभित्रै सुतिरहेका राजवंशीलाई शुक्रबार बिहान २ बजे चट्याङ लागेको थियो ।

चट्याङ लागेर घाइते भएका राजवंशीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमानै मृत्यु भएको प्रहरीले जनाए ।