झापा:सहकार्य अर्थात सहकारिताले आपसमा मिलेर काम गरौं भन्ने भावना जगाउँछ । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भई व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समुन्नतिको लागि गरिने एकताबद्ध प्रयास नै सहकारी हो ।

पछिल्ला दिनहरुमा सहकारीका माध्यमबाट स्वाबलम्बी बन्नेहरु बढ्दै गएका छन् । झापा गौरादहका बाघवीर राईले गौरादहकै एक सहकारीबाट केही कर्जा लिए र उनले तालिम समेत पाए । उनले सहकारीबाट लिएको कर्जालाई कृषि क्षेत्रमा लगाए र उनले राम्रै प्रतिफल पनि पाए । उनले आफ्ना छोराछोरी पढाउन शैक्षिक कर्जा पनि लिए । उनले आफ्नो छोरीलाई सहकारीबाटै शैक्षिक कर्जा लिएर बिएस्सी नर्सिङ्ग पढाए । उनले क्रमश गरेर ऋण चुक्ता गरे । राईजस्तै गौरादहकै जयप्रसाद चुडालले पनि एक सहकारीबाट कर्जा लिएर कृषि र पशुपालन क्षेत्रमा लगानी गरे । जहाबाट उनले राम्रै प्रतिफल पाएको उनी सुनाउछन् । पहिला आफ्नो जग्गा अर्कैलाई ठेक्कामा दिएका उनले पछि त्यो जग्गामा पशुपालन र कृषिलाई प्राथमिकतामा राखेर काम गरेर अहिले उनले आफु सफलतामा पुगेको अनुभव सुनाए ।

aUntitled-2

उनीहहरु त केही उदाहरण पात्र मात्र हुन् । यस्ता धेरै नागरिक छन्, जो सहकारीबाट उक्सिएका छन् । त्यसैले त उनीहरु भन्छन्, सहकारी संस्था भनेको बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड भनेजस्तै हो । सहकारी सहकार्यात्मक कार्य सस्ंकृतिको आधार हो । व्यक्तिहरूका साझा लक्ष्य भेटाउने बाटो वा गोरेटो हो । समुदायका व्यक्तिका आकांक्षा र आवश्यकता मेटाउने साधन हो । पारस्परिक रूपमा हित प्रवद्र्धनका लागि एक आपसमा जुट्ने माध्यम हो । सहकारीको सिद्धान्त अनुसार पूँजी लगानी गर्ने सबै सदस्यहरू मालिक हुन पाउने संयन्त्र हो ।

सहकारीमा आवद्ध सबै सदस्यहरूको सामूहिक लाभका लागि सदस्यहरूमार्फत रचनात्मक र सिर्जनात्मक कार्य गराउने मेलो हो । सीमित तथा न्यून पूँजी हुने व्यक्तिहरूलाई पनि केही न केही नविन कार्य गर्न उत्प्रेरित गर्ने उत्प्रेरक थलो हो । सदस्यहरूको अग्रसरता र स्वामित्वमा स्थापना हुने सदस्यहरूकै रेखदेखमा सञ्चालन हुने तथा आर्जित लाभको उपभोग पनि सदस्यहरूले नै सदस्य केन्द्रित एवम् प्रजातान्त्रिक कार्य संस्कार सहितको संरचना हो । तर पछिल्ला दिनहरुमा च्याउसरी उम्रिएका सहकारी सेवामुखी भन्दापनि नाफामुखी बन्न थालेपछि वास्तबिक केहि गरौं भनेर लागिपरेका सहकारीहरुलाई समेत अफ्ठ्यारो परेको दमक ९ मा रहेको सेतुमारी कृषि सहकारी संस्थाका ब्यवस्थापक दिपक खनालको बुझाइ छ ।

सहकारी संस्थाहरु गरिबी निवारणको सारथी बनिरहेका समयमा कतै सहकारीले आफ्ना सदस्यबाट करोडौं रकम उठाएर भागेका घटनाले अन्य सहकारीहरु मकैमा घुन पिसिएझै पिसिनुपरेको गौरादह १ मा रहेको सुभलक्ष्मी सहकारी संस्थाका अध्यक्ष फणिन्द्रराज दाहाल बताउछन् ।

sahakari-1-jayaprasad-chuda

baghbir-rai