मुम्बई : सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ को गीतमा अभिनेत्री दिशा पटानी पहेँलो रंगको साडीमा नाच्दै गरेको देखिन्छ । उक्त गीतमा दिशाले लगाएको साडीलाई हेर्दै दर्शकले सोधेका छन् कि, साडी कहाँ छ र ?

गीतमा दिशा र सलमान नाचिरहेको देख्न सकिन्छ । ‘स्लो मोसन’ बोलको यो गीतमा दिशालाई साडीलाई फरक तरिकाले बाँधिएको छ । यो गीतको भिडियोलाई युट्युबमा पनि करोडौँ पटक हेरिएको छ । साडीलाई लिएर फ्यानले विरोध गरेपछि साडीका डिजाइनरले साडी लगाउने कुनै परम्परागत तरिका या नियम नभएको बताएका छन् । किनकि यो गीतले कथाअनुसार नब्बेको दशक झल्काउँछ । कैयन् दर्शकलाई यो साडी नब्बेको दशकको स्टाइलको नभएको लागेको छ ।

कतिले साडीलाई लिएर जोक्स पनि बनाएका छन् । एक प्रयोगकर्ताले ट्वीटरमा भनेका छन्, ‘दिशाको साडीलाई त हेर, साडीले दिशालाई उसै गरी ढोकेको छ, जसरी मैले पूरै वर्ष पाठयक्रमलाई कभर गर्छु ।’ उनको साडीलाई लिएर कैयन् मिम्स पनि बनेका छन् । धेरैले भने मजाकमा उडाएका छन् ।