धरान: धरानका युवा रंगकर्मी दिपेन्द्रसिं दर्नालले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

धरानको रंगकर्ममा सक्रिय रहेका दर्नालको तेश्रो म्युजिक भिडियो सार्वजनिक भएको हो । गायक डिबी गुरुङको म्युजिक भिडियो 'फिदिम वजार' बोलको गीतमा उनले अभिनय गरेका छन् । निशानी चलचित्र निर्देशक विनोद श्रेङद्धारा निर्देशित म्युजिक भिडियोमा दर्नालसँगै स्मृति गुरुङको पनि अभिनय रहेको छ । युवा र युवतीको प्रेमकथामा आधारित सो म्युजिक भिडियोलाई भखरै मात्र यूट्युब मार्फत सार्वजनिक गरिएको हो ।

dipendra-darnal

भिडियोको छायाँकन सुवास लिम्वुको रहेको छ । लोकाभाकामा आधारित भिडियो ६ मिनेट १६ सेकेण्ड रहेको छ । गीतको छायाँकन पर्यटकीयस्थल फिदिमको चियावारी, इलाम र फिदिमको वीचमा पर्ने साधुटार , तेह्रथुमको सीमाना पर्ने माझिटार लगायतको इलामको सुन्दर दृष्यहरु कैद गरिएको छ । दर्नालको यसअघि ‘गयौं आदि पील्ठो पारेर गयौ, ‘डढेलोले छाए सरी मा पनि अभिनय गरेका थिए । साथै दर्नालले नेपाली चलचित्र ‘ड्राइगन’र रोमियो मुनामा समेत अभिनय गरेका छन् ।