धरान(डेस्क) : धरानको पब्लिक स्कुलको खेल मैदानमा आगामी जेठ २५ गते शनिबार अहिलेका चर्चित गायक-गायिकाहरु सम्मिलित कन्सर्ट सात्विक मनोरन्जन धमाका आयोजना हुने भएको छ ।

युवायुवतीहरुमा अत्याधिक मनपराईएको हिप–हप् तथा र्याप गायक भीटेन अर्थात् समिर घिसिङ्ग र अहिलेकी चर्चित गायिका मेलिना राई पहिलो पल्ट एउटै स्टेजमा सात्विक मनोरन्जन धमाकामा आउने पक्का भएको हो ।
चुरोट, सिमसिमे पानि, हालखबर, हिम्मत, मापसे, मान्छे खत्तम, कथा, लाउरेको फेशनैराम्रो लगायतका भीटेनका थुप्रै गीतहरु युवायुवतीहरुले रुचाइएका छन् भने मेलिना राईको कम्मर माथि पटुकी, कुटुम कुटु सुपाडी दाना, गोजीमा दाम छैन . हुदैन रेलिमाई तिमीले बाटो फेरेउ अरे लगायतका थुप्रै चलचित्रका हिट गीतहरु छन् ।

यसैगरी दुबैको बेजोड प्रस्तुति संगै धरानको गरिमा डान्स सेन्टरको आकर्षक नृत्य र स्थानीय कलाकारहरुको गायन प्रस्तुति समेत रहनेछ । सिल्भर इन्टरटेनमेन्टको आयोजना तथा धरानको सात्विक फुड्स प्रा. ली.को मुख्य प्रायोजनमा हुन लागेको सात्विक मनोरन्जन धमाकाको रु. २०० को टिकट साथै रु. २०० बराबरको सात्विक फुड्सले उत्पादन गरेको विभिन्न उत्पादनहरुको खरिदमा सित्तैमा दिईनेछ ।

५ वर्ष अघिबाट धरानमा सञ्चालन भएको सात्विक फुड्स प्रा.लीले अण्डा बिनाको बिसुद्ध साकाहारी रु. २० देखि रु. १०० सम्मको बिस्कुट तथा कुकिजहरु उत्पादन गरिरहेको छ भने हाल सम्म ३५ भन्दा बढी मुख्य शहरहरुमा बिक्रि वितरण गरिरहेको छ । आफ्नो उत्पादनलाई नेपालका ७७ वटै जिल्लामा उपभोक्ता माँझ पुर्याउने अभिप्रायले कन्सर्टमा सहभागी भएको सात्विक फुड्सका नेशनल म्यानेजर विनोद श्रेष्ठले बताए ।