धरान : धरान जेसिजले अयोजना गरेको टेस्टी टेस्टी मिस एस ई.ई २०१९ मा छनौट भएका ३० जना सहभागिहरु यतिबेला विभिन्न प्रकारको तालिम लिन व्यस्त भएका छन् ।

मिस एस ई.ई.का सहभागिहरुलाई शुक्रबार महिला स्वास्थ्य चेतना सम्बन्धी प्रशिक्षण प्रदान गरेकोे क्रिएटिभ डाईरेक्टर तथा जेसिजका पूर्व अध्यक्ष मानभगत चाम्लिङ राईले बताए । राईका अनुसार किशोरीहरुका महिनावारीको क्रममा देखा पर्ने समस्या, लक्षण र त्यसबाट बच्ने उपाय तथा स्वास्थ्यमा ध्यानदिनुपर्ने र सचेतना अपनाउनु पर्नेबारे जानकारी गराईएको हो । सहभागिहरुलाई वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा.तुलसा बस्नेतले तथा जेसीजका पूर्व अध्यक्ष मोहन श्रेष्ठले सहजीकरण गरेका थिए ।
एस ईई परिक्षा दिएर बसेका छात्राहरुलाई जीवन उपयोगी विभिन्न तालिम प्रदान गरि उनीहरु भित्रको ज्ञान क्षमता अभिवृद्धि गर्दै सिप र दक्षताको पनि प्रयोग सिकाउने उदेश्यले आयोजित सो मिस एस ई.ई.२०१९ को वैशाख १२ गतेबाट सुरु बन्द प्रशिक्षण मार्फत हालसम्म सृजनात्मक लेखन, उदघोषणकला, भाषणकला, क्याटवाक रयाम्पवाक, डाईनिङ इटिकेट तालिम सहभागिहरुलाई दिएको धरान जेसीजकी मिडिया संयोजक सन्जु राईले बताईन् । मिडिया संयोजक सन्जुका अनुसार दैनिक रुपमा सहभागिहरुलाई क्याटवाक रयाम्पवाकको साथमा महिला अधिकार, सम्बध व्यवस्थापन (समाज, मिडिया), लाईफ स्किल, आर्थिक साक्षरता, नेतृत्वकला विकास, सकारात्मक सोच विकास, गर्ल यु क्यान, प्राथमिक उपचार कोर्ष, कार्यक्रम व्यवस्थापन, उत्प्रेरणा, विपद व्यवस्थापन, आधारभुत पत्रकारिता तालिमलगायतका जिवन उपयोगी तालिम प्रदान गरिने साथै विभिन्न शैक्षिक, पर्यटकीय स्थल, औधोगिक भ्रमण समेत गराईनेछ ।
अन्तराष्ट्रियस्तरमा परिचित युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा सक्रिय संस्था जेसीआई ईन्टरनेश्नलसँग सम्बन्धन प्राप्त संस्था धरान जेसीजले एस ईई परिक्षा दिएर बसेका छात्राहरुलाई तालिमको माध्यमबाट उनीहरु भित्रको ज्ञान क्षमता अभिवृद्धि गर्दै सिप र दक्षताको पनि प्रयोग सिकाउने उदेश्यले आयोजना गरिएको उक्त मिस एस ई.ई २०१९ मा सुनसरी, मोरङ र धनकुटाबाट एस ई.र्इं परीक्षा दिएका छात्राहरुको सहभागिता रहेको अध्यक्ष मनिष शाहीले बताए ।

ती सहभागि छात्राहरुले विभिन्न तालिम लिए पश्चात आगामी जेष्ठ ४ गते धरानमा हुने ग्राण्ड फिनालेमा प्रतिष्पर्धा गर्ने छन् । अध्यक्ष शाहीका अनुसार ग्राण्ड फिनालेमा विजेता हुनेलाई मिस एस ईई–२०१९ को उपाधी, ताज, शील्ड, प्रमाण पत्र, नगद ४० हजार, एक थान मोवाईल सेट, क्वालिटीका प्रोडक्टहरुमा ब्राण्ड एम्बेसडरको रुपमा प्रवद्र्धनसहित कक्षा ११ र १२ को पूर्ण छात्रावृत्ति प्रदान गरिने छ भने फस्ट रनरअपलाई ताज, शील्ड, प्रमाण पत्र, नगद ३५ हजार, कक्षा ११ र १२ मा ५० प्रतिशत छुटमा अध्ययन गर्ने अवसर प्रदान र सेकेन्ड रनरअपलाई ताज, शील्ड, प्रमाण पत्र, नगद ३० हजार, कक्षा ११ र १२ मा ५० प्रतिशत छुटमा अध्ययन गर्ने अवसर प्रदान गरिनेछ ।

यसैगरी अन्य उपाधी तर्फ मिस ट्यालेन्ट, मिस व्युटीफूल, मिस फ्रेन्डसीप, मिस क्याटवाक, मिस फोटो जेनिक, मिस डिसीप्लीन, मिस वेष्ट ड्रेसअप, मिस पर्सनालिटी, मिस पपुलर र मिस एक्टिभ घोषित गरि शिल्ड र प्रमाणपत्र प्रदान गरिने साथै प्रतियोगिताको टप टेनमा पर्न सफल प्रतियोगिलाई कक्षा ११ र १२ मा ५० प्रतिशत छुटमा अध्ययन गर्ने अवसर प्रदान गरिने छ ।

miss