सिरहा : सिरहा जिल्लामा निजी विद्यालय र पाठ्यपुस्तक बिक्रेताले पाठ्यपुस्तकमा कमिसनको चलखेल गर्दा अभिभावक मारमा परेका छन् ।

विद्यालयले विद्यिार्थी भर्नासँगै अनिवार्य रुपमा अभिभावकलाई किताबको सूची दिनुपर्ने र अभिभावकले आफुले चाहेको ठाउँबाट पुस्तक खरिद गर्न पाउने व्यवस्था गर्न पाउने शिक्षा विभागले गरेको छ । तर, विद्यालय हाताबाट पाठ्यपुस्तक बिक्री गर्न नपाउने व्यवस्था लागू गरिए पनि यसलाई चुनौति दिदै निजी विद्यालय र पुस्तक पसलको मिलोमतोमा ब्रह्मलुट हुने गरेको पाइएको छ । विगतमा पुस्तक पसलबाट समेत किताब खरिदमा १० देखि १५ प्रतिशत छुट पाउने गरेकोमा अहिले निजी विद्यालयले अभिभावकहरुलाई पुस्तकको सूची नै नदिने र दिए पनि उनीहरुले भनेकै पुस्तक पसल र स्टेशनरीमा जानुपर्ने बाध्यता रहेको अभिभावको गुनासो छ ।

–ब्लाष्ट टाइम्स दैनिबाट