धरान : धरानमा ‘अलमोडा च्यारिटी नाइट’ बैशाख २९ गते हुने भएको छ ।
धरान–९ स्थित टेन इलेभन लाउञ्जको आयोजनामा च्यारिटी नाइट हुने भएको हो । टेन इलेभेन परिषरमा हुने सागीतिक कार्यक्रममा चर्चित गायक अलमोडाको प्रस्तुति रहने र डिजे सेसन समेत चल्ने आइतबार धरानमा गरिएको पत्रकार सम्मेलनमा टेन इलेभेन होटलका सञ्चालक कुलबहादुर श्रेष्ठले बताए । बेलुका ६ देखि रातको ११ बजेसम्म कार्यक्रम हुने छ ।
कार्यक्रममा प्रबेश निःशुल्क रहेको छ । टेन इलेभेनले सामाजिक सेवा अन्तर्गत १५ हजार रुपैयाँ धरान–१७ को जानुका बिकको घर निर्माणमा सहयोग गर्ने घोषणा समेत गरेको छ । टेन इलेभेनले छेवैमा छुट्टै क्याफे समेत सञ्चालनमा ल्याउन लागेको जनाएको छ । क्याफेको उद्घाटन समेत सोही हुने जनाइएको छ । व्यावसाय गरेर नाफा मात्र कमाउने नभइ ग्राहकहरुको लागि मनोरञ्जन र सामाजिक सेवा गर्ने अभिप्रायले यो सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको सञ्चालक श्रेष्ठले बताए ।







































































